Comments Add Comment

कांग्रेसले गच्छदारलाई नबोकोस्, बाबुराम र माधवलाई कारबाही होस् : कृष्ण पहाडी

२५ माघ, काठमाडौं । मानव अधिकारवादी नेता कृष्ण पहाडीले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत कारबाही हुनुपर्ने बताएका छन् । साथै नेपाली कांग्रेसले विजय गच्छदारको पक्षमा वकालत गरेकोमा आफूलाई दुःख लागेको पहाडीले बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पहाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा गच्छदारसहित १७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैको सहयोग आवश्यक रहेको र  ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा नेपाल र भट्टराईको विशेष योगदान रहेपनि त्यही योगदानको आधारमा उनीहरुले उन्मुक्ति पाउन नहुने पहाडीको भनाइ छ ।

बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान र अध्ययनले पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको समेत संलग्नता छर्लङ्ग भएको दाबी पहाडीले विज्ञप्तीमार्फत गरेका छन् ।

‘लोकतान्त्रिक पद्धतिमा दण्डहीनता र उन्मुक्तिलाई कुनै स्थान छैन,’ पहाडीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘दुबै जनामाथि पनि प्रक्रिया अघि बढाएर त्यसको न्यायिक निरुपण हुनु आवश्यक पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment