Comments Add Comment

‘मन्त्र’को टिजरमा हिमाली भेगको प्रेम कथा

अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन अभिनित चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको चलचित्रको टिजरमा त्यहाँको सुन्दर दृष्यहरु देख्न सकिन्छ । हिमाली भेगको प्रेम कथा बोल्ने चलचित्रमा सौगात र दीयाको प्रेम र उनीहरुको जीवनमा आइपरेको उत्तार चडावलाई मुख्य विषयबस्तु बनाइएको छ ।

खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस चलचित्रमा बुद्धि तमाङ, निमता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्ऽ मानन्धर हुन् । चलचित्रमा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् ।

साम्तेन भुटियाको पटकथा रहेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारले संगीफत दिएका छन् । संजय लामाले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

चलचित्रलाई नयाँ बर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ । तर, कुन दिन रिलिज हुने भन्ने पक्का भइसकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment