Comments Add Comment

‘मलंग’को पहिलो दिनको कमाई जम्मा ६ करोड

आश गरिएको बलिउड चलचित्र ‘मलंग’को पहिलो दिनको व्यापार निकै कमजोर देखिएको छ । रिलिजको पहिलो दिन अर्थात् शुक्रबार चलचित्रले जम्मा ६ करोड ७५ लाख कमाएको छ ।

आदित्य रोय कपुर र दिशा पटनीको मुख्य भूमिका रहेको यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो । तर, पहिलो दिन भने चलचित्रको व्यापार अस्वभाविक कमजोर रहृयो ।

समीक्षात्मक रुपमा पनि चलचित्र उत्कृष्ट सावित हुन सकेको छैन् । चलचित्रले मिश्रति प्रतिकृया पाइरहेको छ । चलचित्रमा आदित्य र दिशाको कामले तारिफ पाएपनि विषयबस्तु कमजोर रहेको धेरैको प्रतिकृया रहेको छ ।

यस्तो व्यापारले निर्मातालाई पैसा फिर्ता हुने कुरामा शंका गर्न सकिन्छ । पहिलो ‘विकेन्ड’मा राम्रो गति लिन नसकेको चलचित्रले लगानी बचाउन सक्दैन । यस्तै व्यापार गर्ने हो भने यस चलचित्रले पनि निर्मातालाई डुबाउने छ ।

निर्माण पक्ष शनिबारको व्यापारमाथि आशावादी देखिएको छ । शनिबार चलचित्रले राम्रो व्यापार गर्ने आश निर्माण पक्षमा रहेको छ । तर, शनिबार पनि यस चलचित्रले दर्शकको उत्साहजनक साथ भने पाएको छैन् ।

मोहित सुरीको निर्देशनमा बनेको यस चलचित्रमा अनिल कपुरको पनि अभिनय रहेको छ । चलचित्रलाई भुषण कुमार, कृष्ण कुमार, लभ रञ्जन, अंकुर र जय शेवाक्रमानीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment