Comments Add Comment

कीर्तिपुरमा नेपाल र अमेरिकाको ‘क्रिकेट संघर्ष’ (फोटो फिचर)

२५ माघ, काठमाडौं । शनिबार नेपालले आईसीसी विश्वकप लिग डिभिजन २ मा अमेरिकालाई ३५ रनले हरायो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकासँग संघर्षपूर्ण जित निकाल्दा दर्शकको भव्य साथ थियो ।

पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले खराब सुरुआत गरेपछि कुशल मल्ल र विनोद भण्डारीले उत्कृष्ट साझेदारी गर्दै टिमको स्कोर उकासे । दुबैले अर्धशतक पुरा गरे भने कुशलले त सबैभन्दा सानो उमेर एक दिवशीय क्रिकेटमा डेब्यु गर्दा अर्धशतक बनाउने विश्व कीर्तमान नै बनाए ।

दोस्रो इनिङ भने नेपालले सुखद् सुरुआत गर्‍यो । करण केसी चम्किएको इनिङमा सुशन भारी र सन्दीप लामिछाने पनि छाए । कुशल मल्लले पनि किफायती बलिङ गरे ।

सुरुमा धर्मराएको अमेरिकी ब्याटिङलाइन मध्यक्रमबाट उकासिँदै गर्दा केही महत्वपूर्ण साझेदारी तोड्न नेपाललाई पनि त्यति सजिलो भएन । र पनि ३५ रनको जित निकाल्दै विश्वकप लिग २मा पहिलो जित दर्ता गराएर नेपालले घरेलु दर्शकलाई राष्ट्रिय क्रिकेट टिमले खुसी साट्ने मौका दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment