Comments Add Comment

ओमानले टस जित्यो, नेपाल ब्याटिङमा

२६ माघ, काठमाडौं । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा ओमानले टस जितेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

आज नेपाली टोलीमा एक खेलाडी परिर्वतन गरिएको छ । बलर अभिनाश बोहोराको स्थानमा कमलसिंह ऐरी आएका छन् । एकदिवसीयमा कमलको यो डेब्यू म्याच हुनेछ ।

सिरिजको पहिलो खेलमा नेपाल, ओमानसँगै पराजित भएको थियो । तर दोस्रो खेलमा शनिबार अमेरिकालाइ ३५ रनले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment