Comments Add Comment

तिलोत्तमामा प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु

२६ माघ, बुटवल । तिलोत्तमा नगरपालिकामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

तिलोत्तमा-१, चपरहट्टीस्थित सिद्धार्थ खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३७ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।

खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै घिमिरेले तिलोत्तमा नगरपालिकाका सबै खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताए ।

प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्टहरु हुने छन् । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका सदस्य दीपक खनालले बताए ।

रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका प्रतियोगिताहरु हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment