Comments Add Comment

पारामोटर बनाउने सरोजलाई कांग्रेसद्वारा ५० हजार सहयोग

२७ माघ, हेटौंडा । सीमान्तकृत समुदायका एक युवकले आविष्कार गरेको उपकरण निर्माणका लागि बागमती प्रदेश कांग्रेस संसदीय दलले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

चितवनको राप्ती नगरपालिका–२ गडौलीमा २५ लाख रुपैयाँ खर्च गरेको आकाशमा उडाउन मिल्ने दुई सिट क्षमताको पारामोटर आविष्कार गरेका सरोज चेपाङलाई कांग्रेस संसदीय दलले ५० हजार सहयोग गरेको हो । सोमबार दलको कार्यालयमा सहयोग रकम हस्तान्तरण गर्दै दलका नेता इन्द्र बानियाले सीमान्तकृत चेपाङ समुदायका युवाले थालेको उदाहरणीय काममा हौसला प्रदान गर्न सहयोग गरेको बताए ।

दुई वर्षअघि २०७४ साल चैतमा एक सिट क्षमताको पारामोटर आविष्कार गरी सफल उडान परीक्षण गरेका सरोजले हालैमात्र दुई सिट क्षमताको अर्को पारामोटर निर्माण गरेका हुन् । जमिनबाट एकहजार मिटरको उचाई र प्रतिघण्टा ५० किलोमिटर उड्न सक्ने क्षमता भएको पारामोटरको फागुन ९ गते परीक्षण उडान गर्ने सरोज चेपाङले जानकारी दिए । उनले प्राकृतीक प्रकोपको समयमा उपयुक्त हुने एयर बोर्ड र सामान बोक्नका लागि ३ पाङ्ग्रे सीबीआर कार निर्माण गरिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment