Comments Add Comment

७५ प्रतिशत अंकसहित १ सय ५ वर्षकी हजुरआमाले गरिन् ४ कक्षा पास

मान्छेको मनको दृढ इच्छालाई उमेरले रोक्दैन । हालै १ सय ५ वर्षकी एक हजुरआमाले झण्डै ७५ प्रतिशत अंक हासिल गरी ४ कक्षा पास गरेर यो तथ्य पुष्टि गरिदिएकी छन् ।

छिमेकी मुलुक भारतको केरलाकी यी वृद्धाको नाम भगिरथी अम्मा हो । गत वर्षको नोभेम्बरमा केरला प्रान्तको साक्षरता अभियानद्वारा कोल्लममा आयोजित ४ कक्षाको परीक्षामा उनी सहभागी भएकी थिइन् । हालै उक्त परीक्षाको नतिजा प्रकाशित भएको छ । जसमा भगिरथीले कूल २ सय ७५ पूर्णांकमा २ सय ५ अर्थात् ७४.५ प्रतिशत अंक हासिल गरिन् ।

उक्त साक्षरता अभियानमा कूल ११ हजार ५९३ जना विद्यार्थीहरूले चार कक्षाको जाँच दिएका थिए । जसमध्ये १० हजार १२ जना पास भए । पास हुनेमध्ये ९४५६ जना महिला छन् ।

झण्डै विशिष्ठ श्रेणीसहित ४ कक्षा पास गर्ने १ सय पाँच वर्षकी भगिरथीका ६ जना छोराछोरी तथा १६ जना नाति, नातिनी छन् ।

सरकारी अधिकारीहरूका अनुसार, यती पाको उमेरमा उत्कृष्ट अंक ल्याएर पास भएकी भगिरथी सबैका लागि प्ररेणाको स्रोत बनेकीछन् । स्मरणरहोस्, ९ वर्षको उमेरमा पारिवारिक कारणले तीन कक्षामा पढ्दा–पढ्दै उनले पढाइ छाड्नु परेको रहेछ । तर यो उमेरसम्म पनि उनलाई आफ्नो अधुरो पढाइ पूरा गर्ने अठोट मरेको रहेनछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment