Comments Add Comment

मन्त्रिपरिषद बैठक : आईजीपी र सचिव नियुक्तिको तयारी

फाइल फोटो ।

२८ माघ, काठमाडौं । सोमबारको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न नसकेपछि मंगलबार अपरान्ह पुनः बैठक बस्दैछ । अपरान्ह साढे ३ बजे बस्ने क्याबिनेटले प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी छ ।

आज बस्ने मन्त्रिपरिषद बैठकले निजामति सेवामा रिक्त रहेका चार सचिव पदमा पनि बढुवा गर्दैछ । गृहसचिव प्रेमकुमार राईसहित रामकुमार आचार्य, डा.गजेन्द्र ठाकुर, राजन खनाल र अनिल ठाकुरले अवकाश पाएपछि पाँच सचिव पद रिक्त छन् ।

तर, गजेन्द्र ठाकुरका ठाउँमा दिनेश भट्टराई वरिष्ठताका आधारमा सचिव बढुवा भइसकेका छन् । सचिव बन्ने प्रतिस्पर्धामा एकनारायण अर्याल, रामशरण पुडासैनी र टेकनारायण पाण्डे मुख्य दाबेदार हुन् ।

त्यस्तै, सह–सचिव अर्जुन पोखरेल, डा. मधु मरासिनी, लक्ष्मी बस्नेत, मानवहादुर जिसी, कृष्णबहादुर राउत, अर्जुन पोखरेल, लगायत पनि सचिव बन्ने दौडमा छन् ।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र १८ डीआईजीले अवकाश पाउँदैछन् । उनीहरुको विदाइका लागि अपरान्ह ४ बजे प्रहरी प्रधान कार्यालयले औपचारिक समारोह राखेको छ ।

आईजीपी खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । दुईमध्ये आइजीपीमा जो नियुक्त भए पनि ३ महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

प्रहरीमा क–कसले पाउँदैछन् अवकाश ?

सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरेको भए, हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिने थियो भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्ने थिए ।

हालका आईजीपी खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवाहदका कारण अवकाश पाउँदैछन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउनेछन् ।

अवकाश पाउनेमध्ये श्रेष्ठ प्रहरी अस्पतालमा उपचाररत् छन् । तत्कालीन कोशी अञ्चल प्रहरी कार्यालय, धरानमा कार्यरत् एसएसपी श्रेष्ठ १५ साउन २०७३ मा एक्कासी अचेत भएर लडेका थिए । अचेत अवस्थामा रहेका बेला विशेष पद सिर्जना गरेर उनलाई आईजीपी प्रकाश अर्यालले डीआईजी पदको दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment