Comments Add Comment

उद्योग तथा ब्यापारमा उत्कृष्ट २५ जना सम्मानित

२८ माघ, काठमाडौं । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने २५ जना उद्योगी व्यवसायीलाई सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले छनोट गरिएका निर्यातकर्ता, लगानीकर्ता तथा  रोजगारदाताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहका बीच सम्मान गरे ।

व्यवसायी चन्द्र ढकाल, पवन गोल्यान, निर्वाण चौधरी लगायत विभिन्न क्षेत्रका २५ जना उद्योगीलाई प्रधानमन्त्री ओलीले सम्मान प्रदान गरेका हुन् । हरेक दुई वर्षमा सम्मान गरिने यो अवार्ड २०७३ सालदेखि रोकिएको थियो ।

सम्मानित हुनेहरुले महत्वपूर्ण व्यवसायिक व्यक्तिको लोगो, प्रतिक चिन्ह र सम्मान पत्रसहित बैठक र छलफलमा अग्राधिकार तथा देश विदेशमा हुने मेला छलफल तथा मेलामा सहभागीतामा प्राथमिकता पाउनेछन् । उनीहरुले त्रिभुवन विमानस्थलको अन्तराष्ट्रियतर्फ आईसीपी लाउन्ज र अन्तरिकमा भीआईपि लाउन्ज प्रयोगको अवसर पाउनेछन् ।

कुन विधामा को-को भए सम्मानित ?

तेस्रो मुलकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम ५ वस्तुहरूको सबैभन्दा बढी बस्तु निकासी गर्ने

धागो-रामचन्द्र संघई, अध्यक्ष, त्रिवेणी स्पिनिङ मिल्स प्रालि छातापिपरा, बारा ।

ऊनी गलैंचा-दोजे ग्याल्सेन लामा, प्रवन्ध सञ्चालक, दिसांगि्रला काट एण्ड ल्याण्डीकाफटस इण्डष्ट्रीज प्रालि बोड, काठमाडौं ।

तयारी पोशाक-राहुलमान शाक्य, प्रबन्ध निर्देशक, काठमाडी स्टार फेसन प्रालि हात्तीवन, ललितपुर ।

पश्मिना सल- सूर्यकुमार गुरुङ, सञ्चालक अध्यक्ष, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिड ईण्डष्ट्रीज प्रालि गोदावरी ।

ऊनी फेल्टमा उत्पादन- रवीन श्रेष्ठ सिन्या, प्रोप्राइटर, एभरेष्ट फेशन, खुमलटार, ललितपुर । 

भारततर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता/उद्योगी

हरांकरत सिंह बेदी, विजनेस र डाबर नेपाल प्राइभेट लिमिटेड, जितपुर, बारा ।

दिव्य राज सापकोटा, महाप्रवन्धक, आरती स्ट्राईस प्रालि, विराटनगर, मोरङ ।

युक्ती गोल्छा, निर्देशक, हुलास वायर इण्डस्ट्रीज लिमिटेड, विराटनगर, मोरङ ।

चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता उद्योगी ।

पेम्बा दोर्जे शेर्पा, प्रोपाइटर, न्यू हस्तकला एक्सपोर्ट, बौद्ध, काठमाडौँ ।

विश्व राज बस्नेत, व्यवस्थापक, गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. , ठमेल, काठमाडौं ।

मछिन्द्र पाण्डे, प्रोपाइटर, न्यु प्यागोडा इन्टरप्राइजेज, टोखा काठमाडौं ।

निर्यातकतासँग दोहोरो नपर्ने गरी नेपालको मौलिक सीप, कला र संस्कृति झस्किने हस्तकलाका बस्तुहरुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्राउने निर्यातकर्ता

गोपीप्रसाद कँडेल, प्रोप्राइटर, पिपुल्स क्राफ्ट एक्सपोर्ट, बानियाटार, काठमाडौं ।

नियातकर्तासँग दोहोरो नपर्ने गरी वाणिज्य नीति २००२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यातसम्भावनायुक्त वस्तु

कृषिजन्य वस्तुतर्फ सजन कमार श्रेष्ठ, प्रवन्ध निर्देशक, मनराम हिमालयन हयाण्डीकाफट प्रा लि यालवाटार, काठमाडौ ।

जडीबुटीतर्फ निर्वाण कुमार चौधरी, अध्यक्ष, सीजी बायोटेक प्रालि, सानेपा, ललितपुर ।

निर्यात व्यापारमा कुल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता

राजलक्ष्मी गोल्छा, प्रबन्ध निर्देशक हलास वायर इण्डस्टीज लिमिटेड, विराटनगर मोरङ ।

सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता

 दीपेश प्रधान, प्रवन्ध सञ्चालक, एलआरएम नेपाल प्रा.लि., मानभवन, ललितपुर ।

उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने स्वदेशी श्रम र सीप उपयोग गर्ने

लीक शु कुवाङ, प्रबन्ध निर्देशक, होङ्सी शिवम सिमेन्ट प्रालि, नक्साल, काठमाडौं ।

सबैभन्दा बही रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायी

पवन कमार गोल्याण, अध्यक्ष तथा प्रवन्ध संचालक, रिलायन्स स्पिनिङ मिल्स लि कमलादी, काठमाडौं ।

बैंकिङ्ग प्रणालीमार्फत विप्रेषणको कारोवार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी/व्यवसायी

चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आइएमई लिमिटेड, पानीपोखरी, काठमाडौं ।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मद्रा आर्जन गर्ने होटल व्यवसायी

सुरेशलाल श्रेष्ठ, कार्यकारी संचालक, तारागाउँ रिजेन्सी होटल्स लि. बीड, काठमाडौं ।

युवा उद्यमी व्यवसायीहरु मध्ये निर्यात व्यापार क्षेत्रमा सबभन्दा बढी निकासी गर्ने 

महिलातफ-सुनिता शेर्पा, प्रबन्ध निर्देशक, फेल्ट एण्ड यार्न प्रालि, नयाँ बजार काठमाडौं ।

पुरुषतर्फ-अक्षय गोल्याण, सञ्चालक रिलायन्स स्पिनीङ मिल्स प्रालि, कमलादी, काठमाडौ ।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउनेहरु

-भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।

-राजेशकाजी श्रेष्ठ अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।

-सतिश कुमार मोर, अध्यक्ष, नेपाल उद्योग परिसंघ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment