Comments Add Comment

प्रदेश १ को प्रदेशसभामा पनि कांग्रेसको अवरोध हट्यो

२८ माघ, विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभामा गर्दै आएको अवरोध पनि स्थगित गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकणमा कांग्रेस नेता विजयकुमार गच्छदारप्रति भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा कांग्रेसले आइतबार र सोमबार प्रदेशसभा अवरुद्ध गरेको थियो ।

मंगलबार कांग्रेस नेता शेखरचन्द्र थापाले आन्दोलनको स्वरुप परिवर्तन गरी संसद सञ्चालन गर्न सहयोग गरेको बताए । गच्छदारमाथि मुद्दा चलाएको विरोधमा कांग्रेसले संघीय संसदको प्रतिनिधिसभा पनि अवरोध गरेको थियो । तर मंगलबारदेखि अवरोध हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment