Comments Add Comment

अब मौसमी विजुली महसुल, हिउँदमा भन्दा वर्षामा सस्तो मूल्य प्रस्ताव

२८ मंसिर, काठमाडौं । विद्युतको महसुल पनि सिजनल (मौसमी) रुपमा तोक्ने अभ्यास सुरू भएको छ । प्राधिकरणले हालै विद्युत निययन आयोगमा नयाँ महसुल दरको प्रस्ताव गरेको छ, जसमा टाइम अफ दि डे (टीओडी) मिटर जडान गर्ने ग्राहकलाई सिजनल मूल्य तोक्न प्रस्ताव गरिएको छ । साधारण घरेलु ग्राहकले भने यस्तो सुविधा पाने छैनन् ।

सरकारले हिउँदमा भन्दा वर्षामा विजुलीको मूल्य सस्तो हुने गरी स्मार्ट मिटर (थ्रीफेज) जोडेकाहरुलाई यस्तो सुविधा दिन प्रस्ताव गरेको हो ।

घरेलु ग्राहककोमा यो खालको व्यवस्था गर्न तत्काल सम्भव नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । घरेलु ग्राहककोमा स्मार्ट मिटर नभएकाले यसरी समय अनुसारको महसुल तोक्न सक्न अवस्था नभएको उनको प्रष्टीकरण छ । काठमाडौंमा बल्ल पहिलो फेजमा करिब १लाख घरेलु स्मार्ट मिटर जोड्न पाइलट प्रोजेक्ट सुरु गरेको छ ।

प्राधिकरणले गरेको प्रस्ताव नियमन आयोगले स्वीकृत गरेमा टीओडी मिटर राख्ने ग्राहकले वैशाखदेखि मंसिर र पुसदेखि चैतसम्म फरक-फरक दरमा महसुल बुझाउन पाउनेछन् । टीओडी मिटरमार्फत लाइन लिएका औद्योगिक, ब्यापारिक, गैरब्यापारिक, सिँचाई, सामुदायिक खानेपानी, चार्जिङ स्टसन, सडकबत्ती र मन्दिर र अस्थायी ग्राहकले जोड्ने टीओडी मिटरमा अब सिजन महसुल तोक्न लागिएको हो ।

टीओडी मिटर राखेर मथिल्लो, मझौला र तल्लो स्तरको भोल्टेज प्रयोग गर्ने ग्राहकले अब विहान, बेलुकी र साँझको मूल्य मात्रै फरक पाउने छैनन्, हिउँद र वर्षामा पनि विजुलीको मूल्य फरक पाउनेछन् ।

वैशाखदेखि मंसिरसम्म कम महसुल

वैशाखदेखि मंसिरसम्म देशभित्र विजुलीको उत्पादन बढी हुन्छ । वर्षायाम हुने र नदीमा पानीको सतह पनि बढ्ने भएकाले यो सयममा भारतबाट विजुली आयात गर्नुपर्ने अवस्था छैन । यो समयमा टीओडी मिटर जोड्नेहरुले हिउँदको भन्दा सस्तो विजुली पाउनेछन् ।

प्रस्तावअनुसार वैशाखदेखि मंसिरसम्मका हरेक दिनलाई ३ खण्डमा विभाजन गरेर बिलिङ गरिनेछ । साँझ ५ बजेदेखि राती ११ बजेसम्मलाई ‘पिक समय’ (बढी विजुली माग र खपत हुने समय) समय’, राती ११ बजेदेखि हिवान ५ बजेसम्मलाई ‘अफ पिक समय’ (कम माग र खपत हुने समय)  र विहान ५ बजेदेखि साँझ ५ बजेसम्मलाई ‘अन्य समय’मा विभाजन गरी टीओडी मिटर धनीलाई महसुल फरक-फरक तोक्न लागिएको हो ।

यसअनुसार पिक समयमा खपत भएको विजुलीको मूल्य बढी तिर्नुपर्छ, अफ पिक समयमा विजुली खपत गर्दा मूल्य सस्तो पर्छ भने अन्य समयमा खपत गर्दा मध्यस्तरको महसुल तोक्न लागिएको छ ।

उदाहरण हेरौं :  टीओडी मिटरमा १३२ केभी औद्योगिक लाइन लिएकाले डिमान्ड शुल्कबापत २७० रुपैयाँ तिर्नुपर्छ । पिक समयमा प्रतियुनिट १०.४५ रुपैयाँ, अफ पिकमा ५.३५ रुपैयाँ र अन्य समयमा ८.५० रुपैयाँ प्रतियुनिट महसुल लाग्छ ।

तर, ६६ केभी लाइन लिएका औद्योगिक ग्राहकले २७५ रुपैयाँ डिमान्ड शुल्कसहित पिक समयमा १०.५० रुपैयाँ, अफ पिकमा प्रतियुनिट ५.४० रुपैयाँ र अन्य समयमा ८.५५ रुपैयाँ महसुल प्रस्ताव गरेको छ ।

हिँउदमा वर्षामा बढी महसुल

सरकारले हिउँदमा विजुली खपत गर्दा भने केही महंगो मूल्य पर्ने गरी प्रस्ताव गरेको  छ । हिउँदमा उत्पादन कम भएर विजुली भारतबाट ल्याउनुपर्ने भएकाले सरकारले हिउँदको विजुलीमा वषर्ाको जस्तो सहुलियत महसुल दर तोक्न प्रस्ताव गरेको छैन ।

प्रस्तावअनुसार पुसदेखि चैतसम्मको सुख्खायामका प्रत्येक दिनलाई टीओडी मिटरले दुई भाग गरेर महसुल गणना गर्नेछ । साँझ पाँच बजेदेखि राती ११ बजेसम्म पिक समय र राती ११ बजेदेखि साँझ ५ बजेसम्मलाई अन्य समयका रुपमा गणना गरेर मिटरको बिलिङ गरिनेछ ।

उदाहरण हेरौं :  प्रस्ताव अनुसार १३२ केभीका औद्योगिक ग्राहकले डिमान्ड शुल्क २७० रुपैयाँ तिर्नुपर्छ । पिक समयको महसुल दर प्रतियुनिट १०.४५ रुपैयाँ हुनेछ भने अन्य समयको महसुल दर ८.५० रुपैयाँ ।

६६ केभीको औद्योगिक ग्राहकले २७५ डिमान्ड शुल्क तिर्नुपर्छ भने पिक समयको महसुल प्रतियुनिट १०.५० रुपैयाँ र अन्य समयमा ८.५५  रुपैयाँ कायम गन प्रस्ताव गरिएको छ ।

यसअनुसार सरकारले रातको समयमा माग कम भएर खेर जान सक्ने विजुली ठूला ग्राहकलाई खपत गराउन उत्प्रेर्रित गरेको देखिन्छ । रातको सयममा सस्तो विजुली दर प्रस्ताव गरेको सरकारले यसपटक जसले बढी विजुली खपत गर्‍यो उसले तिर्ने महशुलको रेन्जमा सहुलियत दिन खोजेको पनि देखिन्छ ।

जस्तै ६६ केभीका ग्राहकलाई भन्दा १३२ केभीका ग्राहकको महसुलदर सस्तो र सहुलियतपूर्ण प्रस्ताव गरिएको छ । सरकारले बढी विजुली खपत गराउने रणनीति अनुरुप यसपकट जति बढी विजुली खपत गर्‍यो उनी नै बढी कम महशुल तिर्नुपर्ने गरी महसुलदर प्रस्ताव गरेको छ ।

यस्तो छ टीओडी मिटर राख्नेको प्रस्तावित महसुल दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment