Comments Add Comment

विश्वकप लिग-२ : नेपालले टस जित्यो, ब्याटिङ गर्दै अमेरिका

कमलको स्थानमा ललित खेल्दै

फाइल फोटो

२९ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अहिले नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा भइरहेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ भने अमेरिकाले व्याटिङ गरिरहेको छ ।

अघिल्लो खेलमा ओमानविरुद्ध खेल्दै ओडिआईमा डेब्यु गरेका कमल सिंह ऐरीको स्थानमा आज ललितनारायण राजवंशी खेलिरहेका

यसअघि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

ओमानले नेपाल र अमेरिकासँग खेलेका सबै चार खेल जित्दै सिरिज क्लिनस्वीप गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment