Comments Add Comment

आँबुखैरनीमा स्कुटर रोक्दा भेटियो लागु औषध

२९ माघ,तनहु । विभिन्न किसिमका प्रतिबन्धित लागू औषधसहित आँबुखैरेनीमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकिङका क्रममा संकास्पद स्कुटरलाई नियन्त्रणमा लिदा लागु औषध भेटिएको हो ।

मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको नं. ग. १७ प. ३३७२ को स्कुटरलाई रोकी चेकजाँच गर्दा सत्रसयस्थित पृथ्वी राजमार्ग सडक खण्डमबाट लम्जुङ सुन्दरबजारका ३० वर्षीय आइते तामाङ र स्कुटरमा पछाडि बसेका सुन्दरबजार तार्कुकै सुजन तामाङ पक्राउ परेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

सुजन तामाङले भिरेको झोलाबाट नियन्त्रित लागुऔषधहरु डाईजेपाम ५२ थान, नुर्फिन ५१ थान र फेनारगन ५३ थान गरि १६६ थान लागू औषध बरामद गरिएिको प्रहरीले जनाएको छ ।स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहकेो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment