Comments Add Comment

प्रभु बैंक र एन प्याब्सनबीच बैंकिङ कारोबार गर्ने सम्झौता

२९ माघ, काठमाडौं । प्रभु बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनबीच बैंकिङ कारोबार गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

बुधबार उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरे। सो सम्झौताअनुसार एनप्याब्सनको आधिकारिक बैंक प्रभु हुनेछ।

एन प्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत् गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंको जुनसुकै शाखा कार्यालयमा खाता खोल्न सक्छन्।

साथै विद्यार्थीबाट संकलन गर्ने शैक्षिक शुल्कलगायतका आर्थिक कारोबार बैंकमार्फत संकलन गरिनेछ।

उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली तलब भुक्तानी लिन सक्ने बैंकले बताएको छ।

एन प्याब्सनअन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थी, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवाको सूचना उपलब्ध गराइनेछ।

शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेलगायतको सेवा दिइने बैंकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment