Comments Add Comment

किमोथेरापी कारण किन हुन्छ मृत्यु ?

५० वर्षीया गरिमालाई जब आफुलाई ब्लड क्यान्सर छ भन्ने थाहा भयो, पहिला त उनलाई पत्याउनै गाह्रो भयो । आफुलाई यति ठुलो रोग लागेको छ भन्ने कुरा विश्वास गर्न गाह्रो हुनु स्वभाविकै हो । तर, सबै टेस्ट पोजिटिभ आएपछि सही उपचारबाट निको हुन्छ भन्ने उनले सोचेकी थिइन् । उनको हिम्मत र साहस नै थियो, जसले उनलाई उपचारको लागि अगाडि बढ्न प्रेरित गरेको थियो । तर किमोथेरापीले उनको हौसलालाई यति कमजोर बनाइदियो, क्यान्सर भएको ६ महिनामा उनका नै मृत्यु भयो ।

किमोथेरापीको कारण उनी विस्तारै–विस्तारै कमजोर हुँदै गएकी थिइन् । उनको शरीरको हरेक अंगहरु बिग्रदै गएको थियो र उनले जिन्दगीको लडाई नै हारिन् । २० प्रतिशत मात्र क्यान्सर सेल्स हुँदा पनि जिन्दगी हार्नुको कारण के हो भन्ने कुरा बुझ्न आवश्यक छ ।

एउटा ब्रिटिस सर्वेक्षणका अनुसार गम्भिर प्रकारको क्यान्सरमा २७ प्रतिशत बिरामी क्यान्सरभन्दा पनि यसको उपचारको क्रममा प्रयोग हुने किमोथेरापीका कारण मर्ने गर्छन् ।

त्यस्तै ६०० भन्दा बढि मानिसहरु किमोथेरापी को प्रयोगले १० दिन भित्रै मर्छन् । यस बारेमा विशेषज्ञहरु भन्छन्—‘सही मात्रामा सही तरीकाले शरीरमा कीमो दिएको खण्डमा बिरामीको उपचार हुन सक्छ । जसका लागि प्रशिक्षित डाक्टर हुनु अति नै आवश्यक छ । यसबाहेक कहिलेकाहिं क्यान्सर भएको समयमा किमोथेरापी  दिँदा क्यान्सर सेल्स झन् धेरै उग्र हुन्छन्, किनभने क्यान्सरका सेलहरु संग–संगै व्यक्तिको इम्यून सिस्टम पनि किमोका कारण बिग्रदै जान्छ । त्यस्तो अवस्थामा बिरामीको बाँच्ने क्षमता कम हु“दै जान्छ ।

किमोका कारण साधारण र क्यान्सर सेल दुवै मर्छन्, त्यस्तो अवस्थामा नयाँ उपचार जसलाई इम्यूनो थेरापी भनिन्छ, त्यसमा क्यान्सर सेललाई निशाना गरेर मार्न सकिन्छ । किमोथेरापी र रेडियो थेरापीले शरीरमा लाभ हुनु भन्दा हानी धेरै हुन्छ ।

कीमोथेरापी कसरी गरिन्छ ?

किमोथेरापीमा ध्यान दिनु आवश्यक छ, जसले बिरामीको रोग कम होस् र विरामीलाई कुनै प्रकारको असुविधा पनि नहोस् । शरीरमा क्यान्सरको प्रकार, त्यसको मात्रा, वजन, उमेर, अन्य कुनै रोग आदि सबैलाई ध्यानमा राखेर किमोथेरापी दिनु अवाश्यक छ । यो सधैं कम्बिनेसनमा दिने गरिन्छ, जुन क्यान्सरको प्रकारको आधारमा बिरामीलाई दिइन्छ । यसबाहेक प्रशिक्षित डाक्टरको निगरानीमा कीमो दिनु पर्छ ।

कीमोथेरापीको साइड इफेक्ट

कीमो दिएपछि क्यान्सर सेल संग–संगै रोग प्रतिरोधक क्षमता र नर्मल सेल पनि मर्छ, जसका कारण क्यान्सर जति कम हुन्छ, त्यसको धेरै गुना इम्यून सिस्टम विग्रन्छ । जसका कारण बारम्बार इन्फेक्सन हुनु, कमजोर हुनु , वजन कम हुनु, हड्डिहरु कमजोर हुनु, कपाल झर्नु, किड्नी र लिभर विग्रनु, महिलाहरुमा ओभरी विग्रनु, पुरुषहरुमा प्रजनन क्षमता कम हुनु आदि जस्ता विभिन्न समस्याहरु उत्पन्न हुन्छन् ।

कहिले पनि कीमोको खुराक धेरै हु“दैन । एक्सपर्ट डाक्टरले रोगको अधिकता हेरेर औषधि दिन्छन् । यदि क्यान्सर सेल अधिक मात्रामा छ भने त्यसलाई कम गर्नका लागि आवश्यक मात्रामा कीमोथेरापी दिनु पर्छ, त्यस्तो अवस्थामा स्वास्थ्य लाभको सम्भावना कम हुन्छ ।

सही प्रकारको उपचार

ग्लोबली हिजोआज इम्यूनो थेरापीमा धेरै जोड दिइन्छ र एन्टी बडीहरुमा केन्द्रित गरिन्छ । जसका कारण लक्षित क्यान्सर सेललाई मारेर इम्युन सिस्टमलाई बूस्ट गरेर र जीवनशैलीलाई परिर्वतन गरेर क्यान्सरलाई धेरै नियन्त्रण गरिनु हो । अर्ली स्टेजमा पूर्ण रुपमा ठिक हुने सम्भावना पनि हुन्छ । वास्तवमा क्यान्सरको कुनै पनि उपचार सस्तो छैन । रेडियोथेरापी र सर्जरीहरु कुनै पनि सस्तो छैन । नयाँ किसिमको थेरापीको तुलना गर्ने हो भने १० देखि १५ प्रतिशतसम्म यसको खर्च बढि हुन्छ तर यसबाट बिरामीलाई धेरै लाभ हुन्छ । अहिले क्यान्सरलाई रोग नभएर जीवनशैलीको रोग भन्ने नाम दिन थालिएको छ, किनभने नराम्रा बानी, नराम्रो जीवनशैली र तनावका कारणले हिजोआज क्यान्सर धेरै हुन थालेको छ ।

इम्यूनो थेरापीमा बिरामीको जीवनशैली र खाना खाने बानीलाई पूर्ण रुपमा परिर्वतन गरिदिइन्छ । त्यस्ता खाना खान दिइन्छ, जसमा बिरामीको इम्युन सिस्टम बूस्ट हुन्छ, एन्टि क्यान्सर एक्टिभिटी शरीरमा चल्छ र क्यान्सरलाई मार्ने सेल्स पनि सक्रिय हुन्छ । यसका लागि हाई डोज भिटामिन डी, सी, भिटामिन बी १७, क्रुकोमिन जस्ता एन्टि क्यान्सर ड्रग र इम्यूनो थेरापी आदि दिइन्छ । यस बाहेक हिजोआज नया“ पद्दतिको प्रयोग पनि यी सबैसंग गरिन्छ, जसमा इन्टेंसिभ पल्समा दवाव दिएर शारीरिक रुपमा क्यान्सर सेललाई नष्ट गर्ने काम गरिन्छ ।

हिजोआज विज्ञान धेरै अगाडि छ । नयाँ भएका कारण नै महंगो छ । विस्तारै–विस्तारै यसको प्रयोग हुनु र बिरामी ठीम हुन थालेपछि यसको मुल्य पनि घट्न थाल्छ तर यसको परिणाम धेरै राम्रो हुन्छ ।

सही डाक्टरको छनोट कसरी गर्ने ?

सही डाक्टरको छनोट गर्नका लागि त्यति गाह्रो छैन । यसका लागि बिरामीले कुनै डाक्टरसंग सम्पर्क गर्नु अगाडि अनलाइनमा उनको रिव्यु हेर्नु पर्छ । बिकल्पमा दोस्रो डाक्टरको बारेमा पनि जानकारी हासिल गर्नु पर्छ ।

क्यान्सर बढ्नुको कारण

क्यान्सर बढ्नुको मुख्य कारण हिजोआजको फूड ह्याबिट हो । मानिस नसुति रातभरी काम गर्छन् । यसबाहेक आर्सेनिकयुक्त खाना खानु, प्रदुषणमा रहनु, तनावयुक्त जीवन बिताउनु आदि रहेको छ, जसले इम्युन सिस्टम कमजोर हुन थाल्छ भने म्युटेशन बढ्छ । शरीर एसिडिक हुन्छ, जसका कारण क्यान्सर सेल धेरै मात्रामा फैलन्छ । यस्ता विभिन्न कारणले क्यान्सर बढ्दै गएको छ ।

कसरी कम गर्ने ?

—फूड ह्याबिटहरु परिर्वतन गर्नु पर्छ ।

—समयमा नै भोजन गर्नु पर्छ ।

—पर्याप्त निद्रा हुनु पर्छ ।

—तनावलाई आफुबाट टाढा राख्नु पर्छ ।

—खानामा नट्स,फलफुल र तरकारीको प्रयोग धेरै गर्नुपर्छ ।

—योगा र मेडिटेशनमा धेरै ध्यान दिनु पर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment