Comments Add Comment

गच्छदारको पक्षमा थारु अगुवाको वक्तव्य- प्रधानमन्त्री हुन नदिने खेल !

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसनिकट थारु अगुवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद लगाएर थारु समुदायको भावना र आत्मसम्मानमा गहिरो चोट पुगेको बताएको छ ।

माघ २८ गते नेपालगञ्जमा सम्पन्न भेलाले राजनैतिक वृत्तमा राष्ट्रिय छवि बनाएका लोकतान्त्रिक पक्षधर नेता गच्छदारमाथि सुनियोजित आक्रमण भएको निश्कर्ष निकालेको हो ।

‘प्रधानमन्त्री बनी मुलुक र जनताको सुन्तर जीवन रुपान्तरण गर्न सक्ने योग्यता, क्षमता, त्याग, बलिदान, जनसमर्थन र दूरदर्शी सुझबुझ रहेको थारु समुदायका एकमात्र व्यक्तित्व भएकै कारण उहाँमाथि सुनियोजित आक्रमण भएको हो’ भेलापछि जारी विज्ञप्तिमा भनिएको छ ‘ताकि भोलि तीसौं, चालिसौं वर्षसम्म आदिवासी थारु समुदायबाट कोही पनि प्रधानमन्त्री बन्न नसकोस् ।’

बालुवाटारको ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा पास गराउन भूमिका खेलेको भन्दै अख्तियारले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कांग्रेसनिकट थारु अगुवाहरुले उक्त घटनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलाई मुद्दा नचल्नु र गच्छदारलाई मुद्दा चल्नु षड्यन्त्र भएको बताएका छन् ।

ललितानिवास प्रकरणको मुद्दाका कारण अख्तियारको कद घटेको भन्दै उक्त भेलाले आफ्नै अकर्मन्यताका कारण एउटा संवैधानिक निकाय विवादमा तानिएको र सरकारको कालो छायाँमा परेको ठहर गरेको छ । गच्छछदारमाथिको मुद्दा व्यक्तिगत नभएको भन्दै भेलाले अब पालैपालो कांग्रेस नेतामाथि मुद्दा लगाउन काल पल्केको टिप्पणी पनि गरेको छ ।

भेलामा कांग्रेसका थारु नेताहरु रामजनम चौधरी, डिल्लीबहादुर चौधरी, योगेन्द्र चौधरी, राधेश्याम चौधरी, धनीराम चौधरी, पुरन चौधरी, गोपाल दहितलगायत सहभागी थिए ।

हेर्नुहोस् भेलाका निर्णयहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment