Comments Add Comment

८६ अर्बका साढे ११ सय ठेक्का अझै अलपत्र

१ फागुन, काठमाडौं । सम्झौता अवधि सकिसकेको तर निर्माण सम्पन्न नभएका १ हजार १५३ रुग्ण आयोजना अझै अलपत्र अवस्थामा रहेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघमा गरेको अध्ययनमा ११८.०१ अर्ब बराबरका १ हजार ८४८ वटा ठेक्का सम्झौता बमोजिम समयमा काम नभएर रुग्ण अवस्थामा रहेको पाइएको थियो । जसमा ग्रामीण तथा दुर्गम क्षेत्रमा वर्थिङ सेन्टर बनाउनेदखि खानेपानी, सडक, पुल निर्माण राजमार्ग स्तरोन्नति, विद्युत ट्रान्समिसन लाइन निर्माणलगायतका ठेक्का थिए ।

एक वर्षको अवधिमा रुग्ण मध्ये ६१८ वटा ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएको पाइएको छ । २८ वटा ठेक्का सम्झौता अन्य भएको छ । तर ८६.४४ अर्ब बराबरका १ हजार २०२ वटा रुग्ण ठेक्का सम्झौता क्रमागत अवस्थामा छन् ।

यसमा पनि ४९ वटा ठेक्का सम्झौताको म्याद थप भएको छ । तर १ हजार १५३ वटा ठेक्काको न म्याद थपबारे कुनै निर्णय भएको छ न ठेक्का तोडिएको छ ।

रुग्ण ठेक्कामध्ये ४०२ को ८० प्रतिशतभन्दा बढी, ३१५ वटाको ५० देखि ८० प्रतिशतसम्म र ४८५ वटा ठेक्काको सम्झौता प्रगति न्यून अर्थात ५० प्रतिशतभन्दा पनि कम भएको अध्ययनका क्रममा पाइएको अख्तियारले जनाएको छ ।

विना तयारी ठेक्का लगाएकै कारण आयोजनाहरु अलपत्र भएको भन्दै अख्तियारले २७बुँदे सुझाव समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment