Comments Add Comment

पूजा र आकाशको ‘संझना विर्सना’को प्रदर्शन मिति तय

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडीलाई दर्शकले रुचाइरहेका छन् । यसैले पनि यी दुइलाई लिएर चलचित्र बनाउने निर्माताको लाइन लामै छ । यी दुइले अभिनय गरेको चलचित्र ‘रामकहानी र पोई पर्यो काले’मात्र रिलिज भएका छन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति आउँदो बर्षको तीजलाई तय गरिएको छ ।

यसैविच, अब पूजा र आकाश अभिनित अर्को चलचित्र ‘संझना विर्सना’को पनि प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको जेठ २ गतेबाट रिलिज हुने भएको छ । निमेष प्रधानको निर्देशनमा तयार भएको यो चलचित्रको फस्टलुकमा आकाश र पूजालाई स्थान दिइएको छ ।

घोडामा चढेकी पूजालाई आकाशले प्रेम भावले हेरेका छन् । चलचित्र ‘संझना विर्सना’मा नायिका छुल्ठिम गुरुङ, कलाकार शिशिर राणाको पनि मुख्य भूमिका छ । भारतको सिलगुडी, सिक्किम, दार्जिलिङ लगायतका स्थानमा यो चलचित्र खिचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment