Comments Add Comment

कालीमाटीको तरकारीमा विषादी अवशेष न्यून

२ फागुन, काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा शुक्रबार गरिएको नमूना परीक्षणमा तरकारीहरुमा विषादी प्रयोगको मात्रा न्यून मात्रामा पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ, घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर, खाद्य प्रविधि तथा गुण नियान्त्रण विभाग, विषादी अवशेष मापन केन्द्र र काठमाडौं महानगरपालिको संयुक्त टोलीले गरेको गरेको निरीक्षणमा तरकारीमा विषादीको मात्रा न्यून रहेको पाइएको हो ।

विषादी मात्रा मापन गरिएको गोलभेडा, काउली, सिमी, कांक्रो, ब्रोकाउली र भण्टामा तोकिएको मापदण्ड भन्दा न्यून मात्रामा विषादी अवशेष पाइएको घरेलु तथा साना उद्योगका उद्योग अधिकृत विवेक कुमार सुनारले जानकारी दिए ।

निरीक्षण क्रममा गोलभेडामा कार्बामेटको मात्रा ०.१६ अर्गानोफस्फेटको मात्र ५.१ पाइएको थियो । यस्तै गोलभेडाकै दोस्रो नमूनामा कार्बामेटको मात्रा ३.१६ र अर्गानोफस्फेटको मात्रा ९.९ पाइएको थियो ।

सिमिमा कार्बामेटको मात्रा ३.१५ प्रतिशत फेला परेको थियो भने अर्गानोफस्फेटको मात्रा २१.१ पाइएको थियो । सिमीको अर्को नमूनामा विषादीको मात्रा क्रमश ०.४१ र १.१६ प्रतिशत रहेको पाइएको छ ।

यस्तै कांक्रोमा कार्बामेटको मात्रा २.२६ प्रतिशत पाइँदा अर्गानोफस्फेटको मात्रा ३.३५ पाइएको थियो । काउलीमा ०.०४ र ५.४२ प्रतिशत क्रमश कार्बामेट र अर्गानोफस्फेटको मात्रा भेटिएको थियो ।

ब्रो काउलीमा कार्बामेटको मात्रा ०.३७ प्रतिशत भेटिदा अर्गानोफस्फेटको मात्रा ८.५३ प्रतिशत पाइएको थियो । भण्टामा कार्बामेट २.२३ र अर्गानोफस्फेटको मात्र ०.९५ प्रतिशत भेटिएको थियो ।

तरकारी तथा फलफूलमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा धेरै पाइए प्रयोगका लागि अयोग्य मानिन्छ । कालिमाटीको नमूना परीक्षणमा कुनै पनि तरकारी प्रयोगका लागि हानीकारक नदेखिएको उद्योग अधिकृत सुनुवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment