Comments Add Comment

‘नीरफूल’को ‘तिमी बदनामी’ सार्वजनिक

फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तिमी बदनामी’ बोलको गीतमा नायिका रेखा थापालाई फिचर गरिएको छ । भिडियोमा रेखालाई डान्स बारमा गीत गाउने गायिकाको रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा अभिनेत्री शान्ति वाईवालाई पनि देख्न सकिन्छ । शान्तिलाई भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्य भिडियोमा देखाइएको छ ।

अर्जुन पोखरेलले संगीत दिएको यस गीतमा दुर्गा खरेलले आवाज दिएकी छिन् । गीतको शब्द निर्देशक फूलमान वलले नै लेखेका हुन् ।

फागुन ३० गतेलाई रिलिज लक्ष्य राखेको चलचित्रमा दयाहाङ राई, बुद्दि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा तयार गरेका हुन् । सचिन चलचित्रका एशोसिएट निर्देशक पनि हुन् ।

‘फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल’सँगको सहकार्यमा ‘सेलो प्रोडक्शन’ले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता भने सोनाम डोमा हुन् । निर्माताको रुपमा दिपक श्रेष्ठ, माया केसी, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, इन्द्र तामाङ, दिनेश लम्तरी मगर, अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ रहेका छन् । प्रमोद कार्कीले खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment