Comments Add Comment

प्रदेशसभा ५ को स्थापना दिवसको अवसरमा बुटवलमा प्रभातफेरि

३ फागुन, बुटवल । प्रदेशसभा ५ स्थापना भएको शनिबारबाट २ वर्ष पुरा भएको छ ।  २ वर्ष पहिले आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी फागुन ३ लाई सरकारले प्रदेश स्थापना दिवस मनाइरहेको हो ।

दिवसका अवसरमा शनिबार बुटवलमा प्रभातफेरी निकालिएको छ । बुटवल उपमहानगरपालिका पनि स्थापनाको ६१ औं वर्षका अवसरमा संयुक्त रुपमा र्‍याली निकालिएको छ । बुटवलको राजमार्ग चौराहाबाट बिभिन्न बाजागाजा, झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो । र्‍यालीमा विभिन्न जातजाति र समुदायका झाँकी,पञ्चेबाजा,भजन,कृतन,लाखे नाच, मयूर नाच समेत प्रदर्शन गरिएको छ ।

नेवा समाज, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बुटवल, तमु प्ये ल्हु सङ्घ, नेवा खलले आफ्नो पहिचान देखाएका छन् ।

सो र्‍यालीमा प्रदेशका मन्त्रीहरु, सभामुख,उपसभामुख, मन्त्रालयहरुका कर्मचारी ,नेपाल प्रहरी, सर्वसाधारण लगायत सयौंको संख्यामा सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment