Comments Add Comment

बले र ट्विनी गर्ल अभिनित ‘नैना रेशम’ सार्वजनिक

पछिल्लो समय सागर लम्साल ‘बले’को प्रेम चर्चा चलिरहेको छ । टिकटकमा ट्विनी गर्लको रुपमा परिचित बनेका प्रिज्मा-प्रिन्सी खतिवडामा बलेले प्रिज्मालाई आफ्नो माया जालमा पारेका गसिप चलिरहेको छ ।

प्रेम चर्चा चलिरहेकै समयमा सगर लम्‍साल र ट्विनी गर्लको सहकार्यमा तयार भएको भिडियो सार्वजनिक भएको छ । उनीहरुले ‘नैना रेशम’ बोलको गीतमा एकसाथ अभिनय गरेका छन् । जुन गीतलाई अहिले दर्शक-श्रोताले रुचाइरहेका छन् ।

गायक सूर्य खड्का र दुर्गा सापकोटाको स्वरमा रहेको यस गीतमा गायक खड्का कै संगीत सुन्न सकिन्छ । गीतमा शिव अखेलीले शब्द दिएका छन् ।

कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा अजय रेग्मीको छायांकन रहेको छ । निर्देशक श्रेष्ठ कै नृत्य निर्देशन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment