Comments Add Comment

ललितपुरका क्लबलाई महानगरपालिकाको नगद सहयोग, थ्रीस्टारलाई १६ लाख

४ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रको फुटबल क्लबहरुलाई नगदसहित सम्मान गरेको छ ।

ललितपुर महानगरपालिकामा मेयर चिरिबाबु महर्जनले गत वर्ष घोषणा गरे बमोजिम यस वर्ष ए डिभिजन, बी डिभिजन र सी डिभिजनका क्लबलाई नगद प्रदान गरेका हुन् ।

जसमा ए डिभिजनको थ्री स्टार क्लबले सबैभन्दा धेरै १६ लाख रुपैयाँ पाएको छ ।

ललितपुर महानगरपालिका ए डिभिजन क्लबलाई वार्षिक ४ लाख र नकआउट प्रतियोगितामा उपाधि जितेमा थप ४ लाख रुपैयाँका दरले रकम दिएको छ। थ्री स्टार वार्षिक ४ लाख र तीन नकआउट प्रतियोगिता जितेवात थप १२ लाख रुपैयाँ  पाएको हो ।

यस्तै च्यासल युथ क्लबले दुई प्रतियोगिता जितेबापत ८ लाख र वार्षिक रकम ४ लाखसहित १२ लाख रुपैयाँ प्राप्त गर्‍यो । यस्तै एक प्रतियोगिता जितेको जाउलाखेल युथ क्लबले ८ लाख पायो भने फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले ४ लाख प्राप्त गर्‍यो । फ्रेण्ड्स र ब्रिगेडले कुनै प्रतियोगिता जितेका थिएनन् ।

यस्तै ललितपुर महानगरपालिकामा रहेका बी डिभिजनमा सातदोबाटो, पुल्चोक, खुमलटार र झम्सीखेल गरी ४ क्लबले ३-३ लाख रुपैयाँ पाए । सी डिभिजन दुई क्लब सानेपा र खालीबारीले २-२ लाख पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment