Comments Add Comment

‘आफ्नो पार्टी जिताइदे’ भन्दै सुन्तलीसँग सन्दिप र विल्सनको झगडा

रिलिज मिति नजिकिदै गर्दा चलचित्र ‘सेन्टी भाइरस’मा समावेश ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र विद्या तिवारीको आवाजमा समावेश यो गीतमा सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द छ ।

यो गीतले विशेषगरि, चलचित्रको भाव बोकेको छ । राजनीतिक बिषयवस्तुमा तयार भएको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

यो भिडियोको निर्देशन बने दीपक आचार्यले गरेका हुन् । एलिस राइले कोरियोग्राफी गरेको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विल्सन विक्रम राई, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, पुष्प आचार्य, मधुसुदन पाठक, सन्जु शाह, एलिस राइको अभिनय छ ।

चलचित्रमा भने सिताराम कट्टेल, दयाहाङ राई, वुद्दि तामाङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्रमा डिन्डु लामाको लगानी छ । चलचित्रले परिवार भित्रको राजनीतिको कथालाई उठान गरेको छ । फागुणको ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment