Comments Add Comment

नेपालले जलविद्युतमा लगानी भित्र्याउन पहल गर्नु पर्छ : युएइका ऊर्जामन्त्री

युएइ । युएइका उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजरुइले नेपालले जलविद्युतमा लगानी भित्र्याउन पहल गर्नुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडसँग आफ्नै कार्यकक्षमा आइतबार भएको भेटमा मन्त्री मजरुइले ऊर्जाको एक महत्वपूर्ण श्रोत जलविद्युत रहेको र नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको जनाए ।

दुवै देशका मन्त्रीबीचको भेटमा युएइ र नेपालको जलविद्युत, नवीकरणीय ऊर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री दुगडले नेपालमा कृषि, पर्यटन जलविद्युत ऊर्जालगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै युएइ सरकार र निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

नेपालले राजनीतिक स्थायित्व पाएपछि दिगो आर्थिक वृद्धि र विकासलाई प्राथमिकतामा राखेको जनाए ।

भेटमा दूतावासका तर्फबाट राजदूत कृष्णप्रसाद ढकाल, नियोग उपप्रमख रिता धिताल सहभागी थिए ।

मन्त्री दुगड दुवईमा निर्माणधीन नेपाल प्याभिलियनको निरीक्षणका लागि शनिबार युएइ आएका हुन् । उनलेले दुवइ एक्सपो २०२० का प्रतिनिधीसँग समेत भेटगर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

दुवइमा निर्माणधीन नेपाल प्याभिलियको गत नोभेम्बर अन्तिम साता राजदूत ढकाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment