Comments Add Comment

काठमाडौंमा ‘होली फेशन फेस्ट’ हुँदै

फागु पर्वको अवसर पारेर काठमाडौंमा ‘होली फेशन फेस्ट’ हुने भएको छ । आगामी २५ फागुनका दिन हुने कार्यक्रममा फेशन र्‍याम्प, म्युजिकल शो तथा सम्मान कार्यक्रमहरु रहनेछन् ।

अनामनगरस्थित बोकाभात अर्गानिक रेस्ट्रोमा हुने यो कार्यक्रम ग्लोरी मिडियाले आयोजना गरेको हो । यसका सहभागीहरु छनोट गर्न फागुन १० गते अडिसन हुने सो मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए ।

इभेन्ट क्षेत्रमा केही नौलोपन दिने उद्देश्यले होली पर्व तथा नारी दिवसको अवसर पारेर यो फेसन फेस्ट आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रममा करिब ३० जना पुरुष तथा स्त्री मोडलहरु सन्देशमुलक थिमका साथ र्‍याम्पमा उत्रिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment