Comments Add Comment

पाण्डेले ल्याए ‘शिव दाइको चिलिम’

गायक तथा संगीतकार विकास पाण्डेको नयाँ गीत ‘शिव दाइको चिलिम’ रिलिज गरिएको छ । शिवरात्रीको पूर्वसन्ध्यामा कपुरबोट युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरिएको हो ।

सुमन तामाङले एरेन्ज गरेको यस गीतमा पाण्डेको शब्द, संगित र स्वर रहेको छ । भिडिया भने बि.एस मेकरले तयार गरेको हो । भिडियो निर्देशन सावन र छायांकन विकास गुरुङले गरेका छन् । भिडियोमा डान्सर विशाल श्रेष्ठ, अमित ठाकुर, संगित लामा लगायतले नृत्य गरेका छन् ।

गायक पाण्डे २०६९ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । ‘क्यान वी’ एल्बमबाट आफ्नो सांगितिक यात्रा सुरु गरेका पाण्डेले अहिलेसम्म दर्जनौं गीमा स्वर दिइसकेका छन् । बारालाई कर्मथलो बनाएर विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा होमिएका चितवनका पाण्डेको झिम झिम, झिम्काइ परेली, ए सरकार, ए सरकार-२ लगायतका गीत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment