Comments Add Comment

बद्री पहाडीद्वारा शान्ति समाजलाई एक करोड सहयोगको घोषणा

काठमाडौं । विराटनगरका समाजसेवी बद्री पहाडीले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि एक करोड आर्थिक सहयोग गरेका छन् ।

घोषणा गरेको रकम भवन निर्माणको काम सुरु भएपछि खातामा जम्मा गरिदिने पहाडीले बताएका छन् । यो रकम पहाडी परिवारका तर्फबाटै घोषणा गरिएको हो । बद्री मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीका बुवा हुन् ।

पहाडी परिवारले यस वर्ष मात्रै विभिन्न संघसंस्था र निकायलाई एक करोड ३२ लाख नगद र जग्गासहित करिब दुई करोड सहयोग प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment