Comments Add Comment

तिलोत्तमा गोल्डकप झण्डै एक महिनापछि सर्‍यो

Photo Credit : फाइल तस्वीर

७ फागुन, बुटवल । २२औं तिलोत्तमा गोल्डकप सुुरु हुने मिति झण्डै तीन हप्तापछि सरेको छ ।

फागुन ८ गतेदेखि बुटवलमा सुरु हुने भनिएको गोल्डकप अन्यत्र प्रतियोगिता जुधेपछि चैत १ गतेदेखि सुरु गर्ने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले जनाएको छ ।

अन्यत्र पनि प्रतियोगिताहरु आयोजना भएकाले टिम सहभागी हुन नपाउने र प्राविधिक तयारीसमेत पूरा नभएको हुँदा पूर्वघोषित मितिमा प्रतियोगिता सुुरु गर्न नसकिएको प्रचारप्रचार समिति संयोजक सुरज थापाले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

परिवर्तित तालिका अनुसार प्रतियोगिता चैत १ गते सुरु भइ १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागीय, रुपन्देही ११ र भारतबाट समेत गरी १० वटा राष्ट्रिय ए डिभिजनका टिमहरु सहभागी हुने आयोजक जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।

रुपन्देही जिल्ला फुटवल संघको अयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा गोल्डकप सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment