Comments Add Comment

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको फाईनल आज

७ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत प्रतियोगिताको अन्तिम दिन आज सेमिफाईनल तथा फाईनल चरणका खेलहरु हुने भएका छन् ।

पहिलो सेमिफाईनलमा भारतिय दुतावास र एनसेल ‘ए’ तथा दोस्रो सेमिफाईनलमा कामना सेवा विकास बैंक र सिभल बैंक आमनेसामने हुँदैछन् ।

क्वाटर फाइनलअन्र्तगत हिजो भएको पहिलो खेलमा एनसेल ए ले सेञ्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एनआइसी एसिया बैंकलाई ३७ रनले हराउँदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतिय दूतावासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउँदै सेमिफाईनल प्रबेश गरेका हुन् ।

आज हुने सेमिफाइनलका बिजेताले एकआपसमा फाईनल खेल खेल्नेछन् । फागुन ३ गते शनिबार देखि काठमाडौंको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस २०२० सिजन ६ बिजेता घोषणा एंव समापन समारोह पनि आजै हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment