Comments Add Comment

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

७ फागुन, गोरखा । बालिकालाई बलात्कार गरेको आरोपमा शहीद लखन गाउँपालिका-८ का प्रकाश परियार पक्राउ परेका छन् ।

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले परियारलाई मंगलबार पक्राउ गरिएको जनाएको छ ।

बिहे गर्ने प्रलोभन देखाइ परियारले पटकपटक बालिकालाई बलात्कार गर्दै आएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख गरिएको डीएसपी बासुदेव खतिवडाले बताए ।

परियारलाई बुधबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment