Comments Add Comment

प्रजातन्त्र दिवसमा वीरगञ्ज कारागारका १८ कैदी छुटे

७ फागुन, वीरगञ्ज । प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका १८ जना कैदी छुटेका हुन् ।

१९ जनालाई कैद कट्टिका लागि सिफारिस गरिएकोमा १८ जनाको कट्टी भएको कारागार प्रमुख जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ ।

अंगभंग मुद्वाका ६ जना, वन पैदावारका ४ जना, ज्यान मार्ने उद्योग, हातहतियार, सवारी ज्यान मुद्दाका २/२ जना, किर्ते, कुटपिट अंगभंगका १/१ जना कैदी रिहा भएका हुन् ।

बाराको प्रसौनी गाउँपालिकाका प्रमुख भोला गुप्ता र उप प्रमुखसमेत कैद कट्टी भई छुटेका कैदी बुझ्न आएका थिए  । गाउँपालिकाका ६ जना बन्दी छुटेकोले बुझ्न आएका हुन् ।

उनीहरुले कारागारको कम्पाउण्ड मर्मत सम्भारका लागि पालिकाको तर्फबाट ३० बोरा सिमेन्ट उपलब्ध गराउने प्रतिबद्वता समेत जनाएर गएको कारागार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment