Comments Add Comment

नेपाल-बंगलादेश व्यापार सम्भाव्यताको खोजी गरिने

७ फागुन, काठमाडौं । नेपाल र बंगालदेश एकअर्का मुलुकसँग व्यापार,लगानी प्रबर्द्धन तथा पारवहन सुविधाको उच्चतम् प्रयोग गर्न सहमत भएका छन् । बंगालदेशको तीन दिने उच्चस्तरीय भ्रमण पुरा गरेर बुधबार काठमाडौं फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले व्यापार र र लगानी प्रवर्द्धनमा प्रमण उपलब्धिमूलक भएको बताए ।

भ्रमणमा नेपालको बंगलादेशमा निर्यात प्रबर्द्धन तथा दुवै मुलुकबीच सम्पर्क सञ्जाल वृद्धि गर्ने, दुई देशबीच व्यापारको प्रबर्द्धन गर्ने, व्यापारलाई सन्तुलित बनाउने विषयमा गहन छलफल भएको परराष्ट्रमन्त्री ज्ञावालीले जानकारी दिए । भ्रमणमा व्यापारका थप सम्भाव्यताहरूको खोजी गर्ने, अवरोधहरू हटाउने, भन्सार शुल्कहरू घटाउने र नयाँ निर्यातयोग्य वस्तुहरुको उत्पादन वृद्धि गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री ज्ञावालीद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

भ्रमण क्रममा भएको बहुपक्षीय छलफलमा बंगलादेशले नेपाललाई प्रदान गरेको पारवहन सुविधाको उच्चतम उपयोग गर्ने, नेपालको उर्जा, कृषि, पर्यटन जस्ता क्षेत्रहरुमा बंगलादेशबाट लगानी अभिवृद्धि गर्ने बारेमासमेत समझदारी बनेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशबीचको सम्पर्क संजाललाई विस्तार गर्न दुई देशका नजिक रहेका सहरहरूबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नति गर्ने, रेलमार्गको संजाल विस्तार गरी दुई मुलुकलाई जोड्ने, नेपालका नदीहरू भारत र बंगलादेशका नदीहरूमा जोड्ने र जलमार्गको विकास गर्ने समझदारी भएको परराष्ट्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment