Comments Add Comment

‘कमेडी च्याम्पियन’पछि ‘कमेडीको चटके’

रियालिटी शो ‘कमेडी च्याम्पियन’ अहिले चर्चामा छ । ‘कमेडी च्याम्पियन’को विजेता घोषणा हुन केही हप्ता मात्र बाँकी छ । कमेडी च्याम्पियन सकिएपछि यसै टिमले नयाँ शोको तयारी गरिरहेको छ । नयाँ शोको नाम ‘च्याम्पियनको चटके’ राखिएको छ । यो शोलाई पनि विशाल भण्डारीले निर्देशन गर्नेछन् । निर्मातामा केकी अधिकारी र रीमा विश्वकर्मा नै हुनेछन् ।

यो शो ग्रुप कमेडी शो भएको निर्देशक भण्डारीले बताए । उनले भने–‘च्याम्पियनमा सहभागी प्रतियोगीहरुलाई हामीले यो शोमा अनुबन्धित गर्नेछौ । उहाँहरुले नै विभिन्न विषयमा अभिनय गरेर कमेडी गर्नुहुनेछ ।’ यो शो ग्रुप कमेडीमा भिन्न प्रयोग र फरक स्वादको हुने उनको भनाई छ ।

दोस्रो सिजन अहिले नै सुरु नहुने भएपछि दर्शकलाई मनोरन्जनका लागि ‘च्याम्पियनको चटके’ तयार गरिएको विशालको भनाई छ । उनले भने–‘हामीले सिजन २ अहिले नै सुरु गर्दैनौ । त्यो बीचमा दर्शकलाई मनोरञ्जन दिने हिसाबमा हामीले यस शोको उत्पादन गरेका हौँ ।’

केकी प्रतियोगीहरुलाई केही प्लाटफर्म दिनको लागि पनि यो शो सुरु गर्न लागिएको बताउँछिन् । उनले भनिन्–‘यो शो सकिएपछि प्रतियोगीहरुलाई छोड्ने होइन । हामीले एउटा अवसर सृजना गरिदिनुपर्छ । यसबाट उहाँहरुले आफूलाई थप परिस्कृत गर्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment