Comments Add Comment

पुँजिवादी इजरायलमा नेकपा नेताले देखे जनवादको अभ्यास

८ फागुन, रामेछाप । दक्षिण पश्चिम एशियाको शक्तिशाली राष्ट्र इजरायलयले पुँजिवादी अर्थ नीति लिएको छ । तर त्यही देशमा जनवादको प्रयोग पनि भइरहेको छ । नेकपाका नेताहरुहरुले समेत यसपटक इजरायलमा प्रयोग भएको जनवादको अभ्यास हेरेर फर्किए । हालैमात्र नेपालबाट एउटा टोली सो नमूना अभ्यास हेर्न इजरायल पुगेको थियो, जसमा नेकपा नेता–कार्यकर्ता पनि थिए ।

दक्षिणपूर्व भूमध्य सागरको पूर्वी छेउमा अवस्थित इजरायलको उत्तरमा लेबनान, पूर्वमा सीरिया र जोर्डन छन् भने दक्षिणपश्चिममा मिश्र छ । इजरायलको वित्तीय केन्द्र र प्रविधि केन्द्र तेल अभिभ र जेरुसेलम हुन् ।

१९४८ मा स्थापना भएको इजरालयले भर्खरै मात्र तेल अभिभबाट आफ्नो राजधानी जेरुसेलम सारेको छ । विश्वका १० शक्तिशाली पुँजिबादी राष्ट्रहरु मध्येमा पर्ने इजरायलको आद्योगिक शहर तेल अभिभ नजिकै जनवादको नमूना प्रयोग गरिएको छ ।

तेल अभिभको नजिकै मयुवत इजखक नामको बस्तीमा कम्युनिजमको व्यहारिक प्रयोग गरिएको रहेछ । सन् १९४७ मा जोर्डनबाट भागेर आएका युद्धवन्दीहरुले स्थापना गरेको सो वस्ती होलोकाष्टमा मारिएकाहरुका परिवारले स्थापना गरेका हुन् । सो वस्तीमा जोर्डनबाट भागेर आएकाहरुको चौथो पुस्ता अहिले जन्मिएको छ ।

कुल एक सय ८० परिवार रहेको वस्तीका अगुवा डेभिड कोहिनका अनुसार वस्तीका सबैका एकै खालका घरहरु छन् । ती घर उनीहरुका व्यक्तिगत हुन् । तर वस्तीको जग्गा भने समुदायको छ । व्यक्तिगत जग्गा छैन । समुदायको सामूहिक जग्गामा खेती गरेर उनीहरुले आर्थिक प्रगतिको नमूना प्रस्तुत गरेका छन् ।

उनीहरुले सामूहिक रुपमा फलफूल खेति गरी फलफूल उत्पादनदेखि आफ्नै कारखानमा प्याकिङ गरेर विदेश निर्यात गर्दछन् । एक हजार ५ सयभन्दा बढी गाई पनि समुदायले सामूहिक रुपमा पालेको छ । यसैगरी उनीहरुले सामूहिक रुपमा कुखुरापालन पनि गरेका छन् ।

उत्पादनदेखि बजारीकरणसम्मको काम समुदायले नै गर्ने गरेको उनी बताउँछन् । यसो गर्नुको कारण इजरायलमा शनिबार विदा मनाइन्छ । काम गर्ने मानिसहरु विदा मनाउन जान्छन् र काममा आउँदैनन् । त्यसले कृषि र पशुपालनमा नराम्रो प्रभाव पार्दछ । त्यसैले सबै काम समुदाय आफैंले गर्दछ । यसो गर्दा काममा पनि अवरोध नआउने र नाफा पनि सबै आफैंले कमाउन सकिने उनीहरुको अनुभव छ ।

उनीहरुले उत्पादन गरेको फलफूल प्याकिङ गर्ने कारखाना पनि समुदायले नै सञ्चालन गरेको छ । कारखानाका अपरेसन म्यानेजर योभ गोरिनका अनुसार सो कारखानामा सबै काम मेशिनले गर्दछ । लेभलिङ लगायतको केही काम मानिसले गर्नु पर्छ । जहाँ ३० देखि ४० जना मानिसहरु काम गर्छन् । यो काम पनि समुदायका मानिसले नै गर्दछन् । केही अध्ययनका लागि आएका विद्यार्थीहरु पनि त्यहाँ अभ्यासको लागि जान्छन् । उत्पादित फलफूलको ६० प्रतिशत बजार देश बाहिर छ ।

समुदायले नै सञ्चालन गरेको केडेम गाई फारममा दूध दिने गाई ८ सय ५० वटा र ७ सय वटा बाच्छाबाच्छी छन् । सो फारमले वार्षिक १ करोड ५० लाख लिट दूध बिक्री गर्दछ । फो फारम ३ वटा समुदाय मिलेर स्थापना गरिएको हो । एउटा गाईले दिनमा ७० लिटरसम्म दूध दिन्छ । इजरायली गाई विश्वमै सबैभन्दा बढी दूध दिने गाईको दर्जामा पर्दछ । यी सबै काम विगतमा पूर्खाहरुले पाएको दुःखलाई सम्झिएर गरेको डेभिड बताउँछन् ।

उनीहरुले वस्तीको बीचमा एउटा स्मारक बनाएका छन् । जहाँ होलोकाष्टमा मारिएका आफ्ना पुर्खाहरुको स्मरण गरिन्छ । सो स्मारक पार्कमा पुरानो रेलको एउटा भाग ठड्याइएको छ । जसमा उनीहरुका पुर्खालाई घिसार्दै लगेर मारिएको थियो ।

सो वस्तीका यहुदीहरु आफूहरुको सामूहिक अभियाना फस्टाउनुको कारण पुर्खा प्रतिको सम्मान भएको बताउँछन् । विगतमा सारै दुःख व्यहोरेका उनीहरु वर्तमानमा बाच्नको लागि कृषिलाई जीवकासँग हैन बजारसँग जोडेर आफूहरु सफल भएको बताउँछन् । उनीहरु भन्छन्, ‘हामी यहुदीहरु ज्युँदै छौँ, आऊ संसार हाम्रो प्रगति हेर ।’

हुनत उनीहरुको समुदयमा सबैले लगानी गर्नु पर्छ भन्ने वाध्यात्मक व्यवस्था पनि छैन । तर पनि सबैले स्वतस्फुर्त रुपमा सामूहिक लगानीमा काम गरेका छन् । यो सरकाले नभई व्यक्ति–व्यक्ति मिलेर आफैं बनेको समुदाय र सामूहिक लगानीको काम हो । सो समुदायका मानिहरु त्यही मात्र काम गर्ने छैनन् । कोही बाहिर गएर व्यापार गर्छन्, कोही डाक्टर छन्, कोही प्राध्यापक छन् । तर उनीहरु पनि आफ्नो कमाई समुदायमा नै पठाउँछन् र त्यही लगानी हुन्छ । अनि उत्पादनको नाफाबाट थप लगानी र नाफाको बाँडफाँट हुन्छ ।

यो वस्तीका मानिसहरुले यसलाई जनवादी वस्ती त भन्दैनन्, तर उनीहरुले जनवादको भने व्यवहारीक प्रयोग गरेका छन् । नाममा जे भने पनि कम्युनिजमको असली र व्यवहारीक प्रयोगको नमूना यसलाई लिन सकिने नेकपाका केन्द्रीय सदस्य एवं सहकारी विभागका उपप्रमुख कमला प्रसाद चौलागाईं बताउँछन् ।

– इजरालबाट फर्किएपछि नबराज पथिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment