Comments Add Comment

लेनदेनबारे जानकारी र संलग्नता छैन : स्वीस दूतावास

८ फागुन, काठमाडौं । निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ ।

दूताबासले यसबारे विहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’

प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’

निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो ।

दूताबासले सेक्युरिटी प्रेससम्बन्धी ‘रिपब्लिका’मा प्रकाशित समाचारको खण्डन गर्दै यस्तो बताएको हो ।

विज्ञप्ति

यो पनि पढ्नुहोस नैतिकताका आधारमा राजीनामा दिएँ : बास्कोटा यो पनि पढ्नुहोस विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment