Comments Add Comment

विप्लव समूहका नेता विद्रोही पक्राउ

८ फागुन, काठमाडौं । प्रतिबन्धित विप्लव समूह निकट लेखक संघका एक जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल लेखक संघका केन्द्रीय सदस्य बिपि विद्रोही भनिने बृहसपति पौडेल छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले बिहीबार दिउँसो कुलेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि चन्दा आतंक मच्चाएको अभियोग छ ।

थप अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment