Comments Add Comment

भिटेनले चेतेनन्, नयाँ गीतमा अश्लील शब्द भरमार

अश्लील गीत गाएको आरोपमा केही समयअगाडि पक्राउ परेर छुटेका र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले अझै चेतेको देखिएन । हालै युट्यूवमा सार्वजनिक भएको उनको नयाँ गीतले हदै अश्लील र छाडा शब्दहरु प्रयोग गरिएका छन् ।

भिटेनको ‘सुपरस्टार’ एल्बममा रहेको ‘यात्रा’ बोलको गीतको म्युजिक भिडियो गत प्रणय दिवसका दिन रिलिज गरिएको हो । पाँच दिनमा यस गीतले १४ लाखभन्दा बढी भ्यूज पाएको छ भने अहिले ३ नम्बर ट्रेन्डिङमा रहेको छ ।

यो गीतमा भिटेनले आफ्नो विगतको ‘संघर्ष’ लाई वर्णन गरेका छन् । गीतभित्र ‘मु…’, ‘…न्डी’, ‘मा…ने’, पटक–पटक प्रयोग गरेका छन् । गीतको भिडियोमा उनका कन्सर्टहरुको दृष्य प्रयोग गरिएको छ ।

अश्लील गीतहरु गाएको र नेपाल प्रहरीको बदनाम गरेको आरोपमा भिटेनलाई गत कात्तिक ७ गते पक्राउ गरिएको थियो । ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रयोग गरिएका शब्द आपत्तिजनक रहेको र भिडियोमा प्रहरीको बर्दी दुरुपयोग गरेको आरोप उनीमाथि थियो । उनी तीन दिन हिरासतमा बसेर छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment