Comments Add Comment

सुदूरपश्चिम प्रदेश सरकार भ्रष्ट्राचारमा लिप्त : कांग्रेस

८ माघ कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएको छ ।

कांग्रेस संसदीय दलले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले भ्रष्टाचारलाई बढवा दिएको बताएको हो।

दुई वर्षको समीक्षा गर्दै कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले सरकार असफलतातर्फ लम्केको बताए ।

सरकारले एम्बुलेन्स र अल्ट्रासाउण्डको नाममा पनि घोटाला गरेको उनले आरोप लगाए ।

उनले भने, ‘शान्ति, सुरक्षा कायम, रोजगारीको अवसर सिर्जना गर्नमा पनि प्रदेश सरकारको पूर्ण रूपमा असफल भएको छ ।’

सुशासन विधेयकलाई अहिलेसम्म सरकारले नै प्रमाणीकरण हुन नदिएको उनले आरोप लगाए ।

हालसम्म प्रदेशको लागि ५४ अर्ब रुपैयाँ बजेट परिचालन गरिए पनि सरकारले देखिने गरी काम गर्न नसकेको उनले आरोप लगाए, ‘तीन वटा बजेट ल्याइसक्यो । तर, अहिलेसम्म सरकारले राम्रो ठाउँमा बजेट खर्च गर्न सकेको छैन ।’

प्रदेश सरकार स्वयम् संविधानको खिलाफमा गइरहेको प्रदेश सभा सदस्य भरतबहादुर खड्काले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment