Comments Add Comment

पर्सा गोल्डकप : वीरगञ्जलाई हराउँदै हेटौ‌ंडा सेमीफाइनलमा

८ फागुन, वीरगञ्ज । पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपमा हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई १–० गोलले पराजित गर्दै हेटौंडा सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको ८२औं मिनेटमा हेटौंडाका रोजम लामाले गरेको गोल नै निर्णायक बन्यो ।

बिहीबारको खेलमा म्यान अफ द म्याच वीरगञ्ज युनाइटेड क्लवका लालबाबु चौधरी भए । उनलाई पर्सागढी–२ का वडाध्यक्ष बेदमन दासले ट्रफी प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment