Comments Add Comment

‘प्रेम पूजा’ निर्माणको घोषणा

चलचित्र ‘प्रेम पूजा’ निर्माणको घोषणा गरिएको छ । शिवरात्रीको अवसर पारेर चलचित्रको फस्टलुक सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई अमरदिप सापकोटाले निर्देशन गर्दैछन् ।

उनले यसअघि चलचित्र ‘कारखाना’ निर्माण गरेका थिए । इन्टरटेन्मेन्ट वल्र्डवाइडले निर्माण गर्न लागेको चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रको छायांकन काठमाण्डौ, चितवन र भारतको बनारसमा गरिनेछ । चलचित्रमा कथा, पटकथा, संवाद अभिमन्यू निरवीको छ ।

फस्टलुकमा चलचित्रका मुख्य पात्रको अनुहार छोपिएको छ । चलचित्र ‘प्रेम पूजा’लाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । तर, आउँदो बर्षको दशैंमा यसअघि नै ३ ठूला चलचित्रले बुक गरिसकेका कारण पनि ‘प्रेम पूजा’ निर्माणटिमको रिलिज डेटको चर्चा फन्डाका लागि हो मात्र भनेर वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment