Comments Add Comment

‘बले’को आज जन्मदिन, टि्वनी गर्ल्सदेखि मुन्नीले यसरी दिए शुभकामना

‘भद्रगोल’ बाट उदाएका हाँस्यकलाकार सागर लम्साल ‘बले’ आज आफ्नो ३१ औं जन्मदिन मनाउँदै छन् । कमेडीदेखि म्युजिक भिडियोसम्ममा छाइरहेका उनी अविवाहित हुन् ।

स्याङ्जेली ठिटो सागर प्लस टु पास गरेपछि विदेशिने चक्करमा थिए । यूरोपका लागि भिसा अप्लाई गरे तर एम्बेसीले पत्याएन । त्यसपछि उनी सीए पढ्ने भनेर भारत लागे ।

बहाना सिए पढ्ने थियो, तर, उनको उद्देश्य त्यहाँ गएर अभिनय सिक्ने र संघर्ष गर्ने थियो । तर, सागर आफ्नो उद्देश्यमा सफल भएनन् । न सिए पढे न अभिनय सिके । बरु एक वर्षमै नेपाल फर्केर बीबीएस ज्वाइन गरे । र, यहीँ वीरेन्द्र  हमालकहाँ एक्टिङ कोर्स थाले ।

अभिनय सिकेको ६ वर्षपछि बल्ल उनले एउटा फिल्ममा चान्स पाए । आदित्यविक्रम लम्सालद्वारा निर्देशित फिल्म ‘लोफर’ मा उनलाई ‘बले’ नामको एउटा लठेप्रो चरित्रमा अभिनय गर्ने प्रस्ताव आयो । सो क्यारेक्टर हिट भयो ।

लोफर हेर्न पुगेका अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ ले सागरको अभिनय र भूमिका मन पराए । र, यही भूमिकालाई ‘भद्रगोल’ मा भित्र्याउने प्रस्ताव सागरसित गरे । सागर खुशीसाथ तयार भए ।

फिल्ममा गरेको रोल सिरियलमा गर्दा चल्ला त भन्ने डर उनलाई थियो । तर, पहिलो एपीसोडमै उनलाई दर्शकहरुले मन पराए । फलस्वरुप यो चरित्र अहिलेसम्म निरन्तर छ । ‘ब्रो’ लाई ‘बोरो’ भन्ने उनको शैली अहिले त निकै ‘फेमस’ भइसकेको छ ।

भद्रगोलबाट सक्किगोनीमा बसाइँ सर्दा अरु चरित्रजस्तै बलेलाई पनि जस्ताको तस्तै उतारिएको छ ।

यसबीचमा उनले केही चरिचत्रमा पनि अभिनय गर्न भ्याएका छन् । नृत्यमा समेत अब्बल उनी म्युजिक भिडियोमा पनि व्यस्त छन् । देश तथा विदेशका स्टेज शोहरुमा उनको डिमान्ड बढिरहेको छ । स्टेजमा उनी हरी निरौला ‘कक्रोच’ सँग जोडी बाँधेर प्रस्तुति दिने गर्छन् । छोटो समयमै उनले अष्ट्रेलिया, अमेरिका, हङकङ, कोरियादेखि बेलायतसम्म भ्रमण गर्न भ्याइसके ।

‘अहिलेसम्मको कलाकारिता यात्राबाट आर्थिक रुपमा पनि सन्तुष्ट छु,’ उनी भन्छन् ।

०००

सागर यतिबेला नयाँ-नयाँ प्रेममा रहेको चर्चा मार्केटमा व्याप्त छ । टिकटकबाट चर्चामा आएकी प्रिज्मा खतिवडासँग उनी प्रेममा रहेको भनिए पनि उनीहरु दुवैले यसबारेमा केही बोलेका छैनन् । म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा सागर र प्रिज्माको निकटता बढेको छ । उनीहरुले अर्को वर्ष बिहे गर्ने भन्नेसम्मका हल्लाहरु सुनिए पनि दुवै यसबारे मौन छन् ।

सागरको जन्मदिनमा प्रिज्माले फेसबुकमा मिठो शुभकामना लेखेकी छन्, जसमा प्रेमको छनक पाउन सकिन्छ । प्रिज्माले सागरलाई आफूले चिनेको सबैभन्दा प्यारो र मिठो मान्छे भन्दै शुभकामना दिएकी छन् । जवाफमा सागरलले लभ रियाक्टसहित लेखेका छन्, ‘थ्याङ्क यु माया !’

प्रिज्माकी जुम्ल्याहा बहिनी प्रिन्सीले सागरलाई ‘दाइ’ सम्बोधन गर्दै जन्मदिनको शुभकामना दिएकी छन् । ‘आफूले अहिलेसम्म भेटेको सबैभन्दा सच्चा र सुन्दर आत्मा’ भन्दै उनले लेखेकी छन्- तपाईंलाई हेरो हृदयभरिको माया, मेरो प्यारो दा ।’

‘सक्किगोनी’ मा बलेकी प्रेमिका भएर अभिनय गर्ने कलाकार प्रियना आचार्य ‘मुन्नी’ ले पनि सागरलाई दाइ सम्बोधन गरेर शुभकामना दिएकी छन् । उनले लेखेकी छन्- तपाईं कलाकार बन्नकै लागि जन्मिनुभएको हो र तपाईंले आफूलाई भर्सेटाइल कलाकार प्रमाणित गरिसक्नुभएको छ । यसैगरी चम्किरहनु र हामीलाई गौरवान्वित बनाइरहनु ।’

‘सक्किगोनी’मा बलेका जोडी हरिश निरौला ‘कक्रोच’ ले लेखेका छन्- भेटिएका सबै राम्रा हुदैनन्, छुट्टेका सबै नराम्रा पनि हुदैनन् । भेटिनु र छुट्टिनु कर्मको कुरा हो, त्यही कर्मले भेटेको प्रीय मान्छे तपाईं । म थिए त्यही भेटमा । त्यो भेट हामी बन्यो । म आधा थिएँ, त्यही भेट पूरा बन्यो । म फिक्का थिएँ, त्यहि भेट रङ्गिन बन्यो । त्यो बेला मसँग मै मात्र थिएँ, अहिले मसँग तपाईं हुनुहुन्छ । त्यही भएर त मेरो ओसिलो यात्रा जोसिलो भएर आयो । अबको यात्रा पनि सङ्गै गर्न पाउँ । एउटै यात्रामा मर्न पाउँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment