Comments Add Comment

विपन्न नागरिकलाई टाउको तथा स्पाइनलका शल्यक्रिया सामाग्री निःशुल्क

ट्रमा सेन्टरको निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त

९ फागुन, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्न नागरिकलाई टाउको र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने सामाग्री र औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

ट्रमा सेन्टरको निर्देशकमा नियुक्ति भएका डा. सन्तोष पौडेलले आफ्नो कामको शुरुवातनै सो निर्णयबाट गरेका हुन् । पौडेललाई स्वास्थ्य मन्त्रालयले बिहीबार ट्रमा सेन्टरको निर्देशक नियुक्त गरेको थियो ।

वीर अस्पतालका हाडजोर्नी सम्बन्धी विशेषज्ञ चिकित्सक पौडेललाई स्वास्थ्यमन्त्री भानभुक्त ढकालले ट्रमा सेन्टरको जिम्मेवारी दिएलगत्तै गरिब तथा विपन्न नागरिकलाई उपचारमा सहायता उपलब्ध गराउने निर्णय गरेका हुन् ।

विपन्न नागरिक औषधोपचार कोष अन्तर्गत सेवा प्राप्त गर्ने नेपाली नागरिकलाई हेड इन्जुरी र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने सामाग्री र औषधीहरु ट्रमा सेन्टरको सामाजिक सेवा एकाइ मार्फत निःशुल्क प्रदान गरिने पौडेलले बताए ।

यस बापतको सोधभर्ना स्वास्थ्य सेवा बिभागबाट लिइनेछ । गरिब तथा विपन्न नागरिकको सिफारिस सम्बन्धित स्थानीय तहबाट दिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment