Comments Add Comment

प्रदेशलाई खुला मदिरामुक्त बनाइन्छ : मुख्यमन्त्री राउत

९ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई खुला रक्सीमुक्त बनाइने बताएका छन् । उनले पहिलो चरणमा जनकपुरधामलाई खुल्ला मदिरामुक्त घोषणा गरिने बताए ।

महाशिवरात्री पर्वको अवसरमा ब्रम्हकुमारी राजयोग सेवा केन्ऽ जनकपुरधामले शुक्रबार आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘पहिलो चरणमा जनकपुरधामलाई खुला मदिरामुक्त बनाइनेछ । यसपछि क्रमशः प्रदेशभरी नै खुल्ला मदिरामुक्त गरिनेछ ।’

जनकपुरधामको धार्मिक महत्वलाई दृष्टिगत गर्दै खुला मदिरामुक्त शहर घोषणा गर्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शान्ति स्थापनामा जोड् दिए । उनले शान्ति बिना समृद्वि र विकास नहुने भन्दै हरेक व्यक्तिले शान्ति स्थापनामा जोड् दिनुपर्ने बताए ।

सेवा केन्द्रका संचालिका सिर्जना देवीको अध्यक्षतामा भएको प्रवचन कार्यक्रमका वक्ताहरुले विकासका लागि शान्ति अपरिहार्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment