Comments Add Comment

दिदीबहिनी कप महिला भलिबलको उपाधि एपीएफलाई

पर्वत । चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा स्तब्ध बनायो । एपीएफले पुलिसलाई १५-२५, २५-१८, २५-२१ र २५-१२ ले पराजित गर्दै उपाधिसहितथ दुई लाख रुपैयाँ हात पारेको हो ।

उपबिजेता पुलिसले नगद १ लाखमा चित्त बुझाएको छ ।

जितपछि एपिएफका प्रशिक्षक महेशप्रसाद चौधरीले डिफेन्स बिग्रेपछि पहिलो सेटमा गुमाउनुपरे पनि खेलाडी धर्यता नगुमाएको बताए । पुलिसका प्रशिक्षक रूपेश बिस्टले पहिलो सेटपश्चात तालमेल गुम्दा हार बेहोर्नुपरेको बताए ।

यस्तै त्रिभुवन आर्मी क्लबलाई २५-२३, २५-२१, २५-२२ को सोझो सेटमा स्तब्ध पार्दै न्यू डायमण्ड तेस्रो भयो । उसले ५० हजार रुपैयाँ हात पारेको छ ।

प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । विधागत उत्कृष्टअन्तर्गत स्पाकरमा एपीएफकी निरुता ठगुन्ना, ब्लकरमा पुलिसकी कोपिला राना, सेटरमा पुलिसकै कमला पुन, लिबेरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ र सर्भरमा न्यु डायमण्डकी पनामिका राई घोषित भएको रेफ्री संयोजक एवम् अन्तर्राष्ट्रिय रेफ्री टहलसिह थापामगरले बताए ।

उत्कृष्ट प्रशिक्षकका रूपमा एपिएफका महेशप्रसाद चौधरी घोषित भए । सर्वोत्कृष्ट खेलाडीले १० हजार र अरुले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment