Comments Add Comment

गर्भवतीको भित्री बस्त्र

गर्भधारणको अवस्थामा महिलाहरुले विभिन्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ । यो समयमा महिलाहरुलाई विभिन्न किसिमका समस्याहरु उत्पन्न हुने भएकाले अरु कुराहरु संग-संगै आफ्नो भित्रि पहिरनमा पनि ध्यान दिनु आवश्यक छ ।

महिलाहरुमा यूटीआई र भजाइनल इन्फेक्सनको समस्या हुनु अति नै सामान्य कुरा हो । तर जब कुरा गर्भधारणको आउँछ, त्यो समयमा त्यस्ता समस्याहरु धेरै हुने सम्भावना हुन्छ । किनभने यो समयमा भजाइनल सिक्रेसन बढ्छ । यस्तो अवस्थामा महिलाहरुले आफु गर्भवती भएको थाहा पाएपछि आफ्नो गोप्य अंगलाई कसरी सफा राख्ने, त्यसको हेरचाह कसरी गर्ने ?

भित्रिबस्त्रहरुसंग सम्बन्धित कुराहरु

गर्भधारण गर्नुभन्दा पहिला हरेक महिलाहरुले आफुलाई मन परेको भित्री वस्त्रहरुको छनोट गर्छन् । त्यो समयमा महिलाहरुले आफ्नो ड्रेस अनुसारको फिटिङ भित्रि बस्त्र लगाउँछन् । तर महिलाहरुले आफ्नो भित्रि बस्त्रको छनोट गर्दा आफ्नो पर्सनल हाइजीनलाई उपयुक्त हुने किसिमको भित्रि पहिरनको छनोट गर्नु पर्छ ।

यस्तो हुनुपर्छ भित्रिबस्त्र

गर्भधारणको क्रममा तपाईं आफ्नो लागि सुतिको ब्रा र पेन्टी छनोट गर्नु पर्छ । यसले तपाईंलाई र्‍याशेज हुने अथवा चिलाउने समस्या हुँदैन ।

गर्भधारणको क्रममा ब्रेस्ट

गर्भधारणको क्रममा तपाईंको छाला पनि पहिलाको तुलनामा धेरै कोमल हुन्छ । शरीरमा भइरहेको हार्मोनल परिर्वतनका कारण केही महिलाहरुमा गर्भधारण क्रममा ब्रेस्ट चिलाउने समस्या उत्पन्न हुन्छ । यसबाट बच्नका लागि सुतिको ब्रा निकै सहयोगी हुन्छ ।

नुहाउने र सरसफाई

गाइनोकोलोजिस्टहरुका अनुसार हरेक गर्भवती महिलाले दिनमा दुई पटक आफ्नो भजाइनल एरियालाई पखाल्ने र सफा गर्नु पर्छ ।

भेजाइना पखालि सकेपछि सफा पेन्टी दिनमा दुई पटक नै फेर्नु पर्छ । धेरै लामो समयसम्म एउटै भित्रि बस्त्र लगाउनु हुँदैन । यो कुरालाई ध्यानमा राख्नु पर्छ । अर्को महत्वपूर्ण कुरा, गर्भधारणको समयमा तपाईंले धेरै कसिलो पहिरन लगाउनु हुदैन ।

यदि यस्तो लक्षणहरु देखिएमा

गर्भधारणको क्रममा भेजाइना चिलाउने, इन्फेक्सन हुने, फोहोर पानी बग्ने आदि समस्या हुनु अति नै सामान्य कुरा हो । तर, तपाईंले त्यस्ता समस्याहरुलाई सहने अथवा वेवास्ता गर्नु हुँदैन । यो समयमा सरसफाईको विशेष ध्यान राख्नु पर्छ र धेरै भन्दा धेरै तरल पदार्थ (सूप, पानी, जूस, दालको झोल) पिउनु पर्छ । यसले तपाईंलाई फाइदा पुर्‍याउँछ ।

सावधानी

गर्भधारणको समयमा गोप्य अंगबाट फोहोर पानी बग्नु सामान्य कुरा हो । तर यी कुराहरुसंगै चिलाउने अथवा पोल्ने समस्या भयो भने त्यो इन्फेक्सनको संकेत हो । तपाईंले आफुमा भएको पानी बग्ने समस्या बाक्लो, पातलो कस्तो प्रकारको छ भन्ने कुरमा ध्यान दिएर हेर्नु पर्छ । यदि  पिसाब जस्तो सेतो रंगको पानी अत्याधिक मात्रामा बगेको छ भने तपाईंले तुरुन्त आफ्नो डाक्टरसंग भेट्नु पर्छ ।

कामकाजी महिला र गर्भधारण

कामकाजी महिलाले गर्भधारणको क्रममा केही बढि समस्याहरुको सामना गर्नु पर्छ । किनभने सार्वजनिक शौचालयहरु प्रयोग गर्नु पर्ने बाध्यताका कारण उनीहरुको भेजिनाइटिस हुने सम्भावना धेरै हुन्छ । त्यसैले आफ्नो हाइजीनप्रति धेरै सतर्कता अपनाउनु आवश्यक छ ।

मर्निङ  सिकनेस र ओरल हेल्थ

कहिलेकाहिं मर्निङ सिकनेस (वाकवाकी) को कारण गर्भवती महिलाहरुलाई विहानको समयमा ब्रस गर्न समस्या हुन्छ । यदि तपाईंलाई पनि त्यस्तै समस्या हुन्छ भने तपाईंले माइल्ड टूथपेस्टको प्रयोग गर्न सक्नु हुन्छ । यदि तपाईंलाई मन पर्छ भने तपाईंले नून तथा सर्‍स्यूँको तेलबाट तयार पारिएको मिश्रणले पनि आफ्नो दाँत सफा गर्न सक्नु हुन्छ । राति सुत्नुभन्दा अघि पनि दाँत सफा गर्न बिर्सनु हुँदैन ।

ओरल हाइजीन

आफ्नो ओरल हेल्थका लागि तपाईंले डाक्टरको सल्लाह लिएपछि एन्टि इन्फ्लामेटि्र माउथवाशको प्रयोग गर्न सक्नु हुन्छ । यसले तपाईंको गर्भधारणको क्रममा गीजामा हुने सूजन तथा इरिटेशनमा पनि लाभ पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment