Comments Add Comment

माइतीघरको नारा – ठूला नेता मिलेका अर्बौ रुपैयाँ निलेका

११ फागुन, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले विभिन्न भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, वाइडबडी विमान खरिद प्रकरण, सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदलगायतका काण्डको छानबिन गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो ।

शान्ति समाजले नागरिकको अधिकार हनन गर्ने खालका विवादास्पद विधेयकहरु फिर्ता लिन पनि माग गरेको छ ।

प्रदर्शनका सहभागीले यो सरकार घोटालामा लिप्त सरकार, ठूला नेता मिलेका अर्बौ रुपैयाँ निलेका, यो सरकार स्वेच्छाचारी सरकार भन्ने नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment