Comments Add Comment

डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

Photo Credit : यमन पौड्याल/अर्थमन्त्रालय

११ फागुन, काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

७० करोडको कमिसनको अडियो प्रकरणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकेकी हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले संचार मन्त्रालयबारे केही न केही जानकारी बजेट निर्माणका क्रममा हुने गरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रलाई सम्मान गर्ने भन्दै उनले प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे । राज्यको पुनर्संरचना गर्ने समय भएका कारण सरकार गठन भएको दुई वर्ष अघिल्लो दुई वर्षहरुभन्दा फरक रहेको भन्दै यस समयमा धेरै काम भएको डा. खतिवडाले बताएका छन् ।

दुई वर्षको अवधि राज्य प्रणालीको परिवर्तनका लागि लामो समय नभएको उनको भनाइ छ । यसबीचमा भएका कामलाई सजिलै सम्पन्न नभएको उनले उल्लेख गरे । दोस्रो वर्षमा आइपुग्दा अन्यौल र द्विविधा धेरै हदसम्म हटेको उनको भनाइ छ । संघीयतामा गएपछि व्यवसायिक वातावरण, द्वन्द्व, प्राकिृतिक स्रोतको द्वन्द्व हुन्छ कि भन्ने अन्यौल हटेको उनको भनाइ छ ।

अब पाएको अवसर गरिबी अन्त्य, समावेशी विकास गर्दै मुलुक समृद्ध बनाउनेतर्फ सरकारको ध्यान जाने उनले बताए । सूसचित हुन पाउने नागरिकको अधिकार निश्चित गर्न आफू सक्रिय हुने उनले प्रतिवद्धता व्यक्त गरे । सूचना प्रविधिको माध्यमबाट शासकीय प्रवन्धलाई पारदर्शी बनाइने र सञ्चार माध्यमलाई व्यवस्थित गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment