Comments Add Comment

साताको पहिलो दिन सेयर बजार उछाल,६९ अंकले बढ्यो नेप्से

११ फागुन, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४. १४ मा पुगेको छ । नेप्से परिसूचक ६९.५६ अंकले बढ्दा कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैया बढी पुगेको छ ।

कारोबार खुला भएसँगै उकालो लाग्न शुरु भएको बजार १ बज्न नपाउदै ५० अंक नजिक पुगेको थियो ।

यद्यपि, बजारमा उतारचढाव पनि तीव्र देखिएको थियो । १४३५ दशमलव ८७ अंकबाट शुरु भएको कारोबार खुलेको २० मिनेटमा नै बढेर १४७८ दशमलव ११ अंकमा पुगेको थियो ।

११ बजेर २० मिनेट जादा भने बढ्ने क्रममा ब्रेक लाग्यो । त्यसपछि ओरालो लागेको बजार ११ बजेर ४२ मिनेट जादासम्म परिसूचक १४५३ मा झर्यो ।

त्यसपछि भने पुनः बजार उकालो लाग्न शुरु गरेको थियो । तीव्र उतारचढावका बीच १ बजेसम्म नेप्से परिसूचकमा ठूलो उकालो देखिएको थियो । कारोबार रकम पनि यस अवधिमा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथि पुगेको थियो ।

१ बजेर २१ मिनेट जादा ७५ अंकले उकालो लागेर १ हजार ५ सय ९ अंक भन्दा माथि पुगेको नेप्से परिसूचक त्यसपछि पुनः ओरालो लाग्यो । १ बजेर ५० मिनेसम्म जादा १ हजार ४ सय ८० मा झरेको परिसूचक त्यसपछि पुनः उकालो लाग्यो ।

यसरी उतारचढावका बीच नेप्से परिसूचक ६९.५६ अंकले बढेर बन्द भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment